पोखरा । साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिबार पोखरामा परिचर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा गर्दै दाहालले समीपको नदीको राजमार्गमा नवीन प्रयोगका साथ लघुकथा लेखिएको बताए । दैनिकी, व्यक्तिवृत्त, उपशीर्षकको प्रयोगलगायत नवीन शैलीमा समीपले लघुकथा लेखेका उनको भनाइ थियो ।
शुक्ला साहित्य सङ्गम, तनहुँका पूर्व अध्यक्षसमेत रहेका दाहालले भने, “समसामायिक विषयवस्तुलाई उठाइएका उनका लघुकथामा मानवीय स्वभाव, समाजको वास्तविकता, विकृत राजनीति, प्रेम र यौन, समस्याग्रस्त मान्छेको चित्र, व्यक्तिगत जीवनका निजी भोगाइ, विसङ्गति र कुरीतिको विरोध जस्ता मुख्य विषयलाई लघुकथाको केन्द्र बनाइएको छ ।”
“लघुकथाकार समीपको सशक्त पक्ष भनेको परम्परागत लघुकथालेखनका शैलीलाई भत्काई नवीन विधिबाट लघुकथालाई अगाडि बढाउनु रहेको छ ।” उनले भने,“समीपको लघुकथा लेखनले नेपाली लघुकथाका क्षेत्रमा पृथक् धार निर्माण गर्ने छ ।”
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार समीपले सुरुमा नाम छाप्ने रहरमै साहित्यमा लागेको र अहिले लेखनलाई जिम्मेवारीका रूपमा स्विकारेको बताए ।समाजमा देखेका कुरालाई कथाका रूपमा प्रस्तुत गरेको बताउँदै समीपले लघुकथामा गणितीय शब्दसीमा सिमित रहन नहुने भनाइ राखे । उनले आफ्नो तर्फबाट लघुकथामा दिनुपर्ने कुरा दिएको र अब पाठकको प्रतिक्रिया आफूलाई स्विकार्य हुने बताए ।
कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष डा. राजेन्द्र चापागाईँ, डा. भूमिराज बस्ताकोटी, प्रेमनारायण ढकाल, कल्याण पन्तलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ