पोखरा । नेत्रहिन विद्यार्थी फाउण्डेसन पोखराको आयोजनामा रेडियो प्रस्तोता तथा कम्प्यूटर तालिम सम्पन्न भएको छ ।
दृष्टिविहिन विद्यार्थीलाई लक्षित गर्दै पोखरामा पाँच हप्तासम्म सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कास्कीसहित ८ जिल्लाका २० जना सहभागिलाई एक कार्यक्रमकाविच सहभागिताको प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको छ ।
तलिममा सहभागिताको प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर अभ्यास गर्न आग्रह गरे । तालिमका प्रमुख प्रशिक्षकसमेत रहेका श्रेष्ठले भने, ‘तपाईहरुको काउण्ट डाउन अहिलेबाटै शुरु भयो, हामीसँग श्रोत होइन सोंचको अभाव छ, टिम स्प्रिटलाई ख्याल गर्दै एउटा स्तरिय रेडियो म्यागजिन प्रोग्राम प्रोडक्सन गर्न सके ७७ जिल्लाका रेडियोले प्रशारण गर्न सक्छ ।’
नेपाल नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहिनहरुको वैकल्पिक आँखा सेतो छडी भए जस्तै तालिमले सहभागि प्रशिक्षार्थीहरुको हौषला बढाउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी दृष्टि बिहिनहरुका लागि वैकल्पिक आँखा सेतो छडी भएजस्तै आत्मविश्वास बढाउन यस तालिमले महत्पूर्ण भूमिका खेल्ने मेरो विश्वास छ ।’ यस्तै हौसला बढाउन अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले प्रशिक्षार्थीहरुलाई नेपाल नेत्रहिन संघ कास्कीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दृष्टिबिहिन चिकित्सक डा। शरद कोइरालाले तालिमले सम्बन्धित विषयवस्तुमा मार्ग निर्देश गर्ने बताए । उनले तालिमपछि आफ्नो गन्तव्यको ढोका खुल्ने भन्दै सिकेका सिपमार्फत लक्ष्यमा सफल हुने गरि आगामी यात्रा तय गर्न सुझाव दिए ।
कार्यक्रम संयोजक शिवलाल धितालले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले आयोजना गरेको तालिम इतिहासमा लिपिवद्ध हुने बताए । उनले सहभागिहरुको सक्रिय सहभागिताबाट आफु हर्षित भएको बताए । उनले भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिटीवान टेलिभिजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठ, नोभा इन्स्टिच्यूडका सञ्चालक सबि शेरचन, चिफ ब्रोडकास्टिङ म्यानेजर विष्णु गौतम, संस्थाका कोषाध्यक्ष रबिना सुवेदी, कम्प्यूटर प्रशिक्षक दीपक अधिकारी लगायतले दृष्टिविहिनहरुको वृत्तिविकास हुने खालका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
यस्तै प्रशिक्षार्थीहरु शेरजंग गुरुङ, सजना गुरुङ, मनिसा पोखरेलले तालिमले आफुहरुको आत्मविश्वाससँगै आफ्ना भनाईहरु निर्धक्कसँग प्रस्तुत गर्न सक्षम बनाएको बताए । बेसिक लेभलको कम्प्यूटरको तालिमपश्चात अब आफुहरुलाई एड्भान्स लेभलको तालिमको सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रम संयोजक धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अध्यक्ष विन्दु कोइराला सुवेदीले गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह