पोखरा । नेत्रहिन विद्यार्थी फाउण्डेसन पोखराको आयोजनामा रेडियो प्रस्तोता तथा कम्प्यूटर तालिम सम्पन्न भएको छ ।
दृष्टिविहिन विद्यार्थीलाई लक्षित गर्दै पोखरामा पाँच हप्तासम्म सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कास्कीसहित ८ जिल्लाका २० जना सहभागिलाई एक कार्यक्रमकाविच सहभागिताको प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको छ ।
तलिममा सहभागिताको प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर अभ्यास गर्न आग्रह गरे । तालिमका प्रमुख प्रशिक्षकसमेत रहेका श्रेष्ठले भने, ‘तपाईहरुको काउण्ट डाउन अहिलेबाटै शुरु भयो, हामीसँग श्रोत होइन सोंचको अभाव छ, टिम स्प्रिटलाई ख्याल गर्दै एउटा स्तरिय रेडियो म्यागजिन प्रोग्राम प्रोडक्सन गर्न सके ७७ जिल्लाका रेडियोले प्रशारण गर्न सक्छ ।’
नेपाल नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहिनहरुको वैकल्पिक आँखा सेतो छडी भए जस्तै तालिमले सहभागि प्रशिक्षार्थीहरुको हौषला बढाउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी दृष्टि बिहिनहरुका लागि वैकल्पिक आँखा सेतो छडी भएजस्तै आत्मविश्वास बढाउन यस तालिमले महत्पूर्ण भूमिका खेल्ने मेरो विश्वास छ ।’ यस्तै हौसला बढाउन अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले प्रशिक्षार्थीहरुलाई नेपाल नेत्रहिन संघ कास्कीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दृष्टिबिहिन चिकित्सक डा। शरद कोइरालाले तालिमले सम्बन्धित विषयवस्तुमा मार्ग निर्देश गर्ने बताए । उनले तालिमपछि आफ्नो गन्तव्यको ढोका खुल्ने भन्दै सिकेका सिपमार्फत लक्ष्यमा सफल हुने गरि आगामी यात्रा तय गर्न सुझाव दिए ।
कार्यक्रम संयोजक शिवलाल धितालले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले आयोजना गरेको तालिम इतिहासमा लिपिवद्ध हुने बताए । उनले सहभागिहरुको सक्रिय सहभागिताबाट आफु हर्षित भएको बताए । उनले भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिटीवान टेलिभिजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठ, नोभा इन्स्टिच्यूडका सञ्चालक सबि शेरचन, चिफ ब्रोडकास्टिङ म्यानेजर विष्णु गौतम, संस्थाका कोषाध्यक्ष रबिना सुवेदी, कम्प्यूटर प्रशिक्षक दीपक अधिकारी लगायतले दृष्टिविहिनहरुको वृत्तिविकास हुने खालका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
यस्तै प्रशिक्षार्थीहरु शेरजंग गुरुङ, सजना गुरुङ, मनिसा पोखरेलले तालिमले आफुहरुको आत्मविश्वाससँगै आफ्ना भनाईहरु निर्धक्कसँग प्रस्तुत गर्न सक्षम बनाएको बताए । बेसिक लेभलको कम्प्यूटरको तालिमपश्चात अब आफुहरुलाई एड्भान्स लेभलको तालिमको सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रम संयोजक धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अध्यक्ष विन्दु कोइराला सुवेदीले गरेकी थिइन् ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो