पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सपथ ग्रहण गराएका थिए।
सोही अवसरमा नव नियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गरेका छन् । प्रदेश परिषदमा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यवस्था बमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गरेका थिए ।
पदभार ग्रहण गरे सँगै प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियान लाई सशक्त रुपमा सञ्चालन गरिने र आगामी दिनहरुमा व्यापक रुपमा स्काउट तालिमको आयोजना सँगै बालबालिका लक्षित कार्यक्रमहरु सन्चालन गरिने बताए। बैठकमा नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य शिव बहादुर भण्डारी, पूर्व रास्टृय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पूर्व अन्तराष्ट्रिय आयुक्त शारदा पराजुली लगायतको उपस्थिति रहेको थियो।
स्काउट गण्डकी प्रदेश परिषद सदस्य अनिता राई, एलिसा बि।क,सुनिता लो, सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल, मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भिम प्रसाद सुवेदी, अरुण कुमार शर्मा काफ्ले लगाएतले सपथ खाएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ