पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सपथ ग्रहण गराएका थिए।
सोही अवसरमा नव नियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गरेका छन् । प्रदेश परिषदमा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यवस्था बमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गरेका थिए ।
पदभार ग्रहण गरे सँगै प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियान लाई सशक्त रुपमा सञ्चालन गरिने र आगामी दिनहरुमा व्यापक रुपमा स्काउट तालिमको आयोजना सँगै बालबालिका लक्षित कार्यक्रमहरु सन्चालन गरिने बताए। बैठकमा नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य शिव बहादुर भण्डारी, पूर्व रास्टृय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पूर्व अन्तराष्ट्रिय आयुक्त शारदा पराजुली लगायतको उपस्थिति रहेको थियो।
स्काउट गण्डकी प्रदेश परिषद सदस्य अनिता राई, एलिसा बि।क,सुनिता लो, सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल, मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भिम प्रसाद सुवेदी, अरुण कुमार शर्मा काफ्ले लगाएतले सपथ खाएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन