पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका, वडा नंं ७, धम्पुसमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट डेढ सय बढी लाभान्वित भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार भएको शिविरमा सम्पूर्ण चिकित्सकीय सुविधा र औषधिको प्राविधिक सहयोग पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले गरेको थियो ।

चरकले यसअघि माछापुच्छ्रे गाउँपालिकामै स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरिसकेको छ । त्यसअघि गोरखा, म्याग्दी, बागलुङ लगायतका स्थानमा पनि पूर्ण निःशुल्क सेवा सहितको प्राविधिक सहयोग गरिसकेको प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

स्वास्थ्य प्रमुख सिर्जना भण्डारीका अनुसार १५० जनाको स्वास्थ्य जाँच गरिएको छ । वृहत शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।
रेफर गरिएकालाई आगामी उपचारमा चरकले सहुलियत प्रदान गर्ने भएको छ ।

चरक हस्पिटलका चिकित्सकहरु डा. मान बहादुर गुरुङ (वरिष्ठ फिजिसियन), डा. प्रदीप काफ्ले (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. गोपाल खनाल (रेडियोलोजिस्ट), डा. विष्णु पालिखे (स्त्रीरोग विशेषज्ञ), सन्देश प्रकाश पराजुली (मेडिकल अफिसर) ले शिविरमा जाँच गरेको हस्पिटलका पिआरओ सोबित सुवेदीले जानकारी दिए ।
सम्बन्धित समाचारः
माछापुच्छ्रेमा चरकको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट ३६७ जना लाभान्वित
चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर
चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर
६५० जना लाभान्वित
चरकको प्राविधिक सहयोगमा गाेरखामा निःशुल्क स्वास्थ्य शिविर
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’