पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका, वडा नंं ७, धम्पुसमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट डेढ सय बढी लाभान्वित भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार भएको शिविरमा सम्पूर्ण चिकित्सकीय सुविधा र औषधिको प्राविधिक सहयोग पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले गरेको थियो ।

चरकले यसअघि माछापुच्छ्रे गाउँपालिकामै स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरिसकेको छ । त्यसअघि गोरखा, म्याग्दी, बागलुङ लगायतका स्थानमा पनि पूर्ण निःशुल्क सेवा सहितको प्राविधिक सहयोग गरिसकेको प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

स्वास्थ्य प्रमुख सिर्जना भण्डारीका अनुसार १५० जनाको स्वास्थ्य जाँच गरिएको छ । वृहत शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।
रेफर गरिएकालाई आगामी उपचारमा चरकले सहुलियत प्रदान गर्ने भएको छ ।

चरक हस्पिटलका चिकित्सकहरु डा. मान बहादुर गुरुङ (वरिष्ठ फिजिसियन), डा. प्रदीप काफ्ले (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. गोपाल खनाल (रेडियोलोजिस्ट), डा. विष्णु पालिखे (स्त्रीरोग विशेषज्ञ), सन्देश प्रकाश पराजुली (मेडिकल अफिसर) ले शिविरमा जाँच गरेको हस्पिटलका पिआरओ सोबित सुवेदीले जानकारी दिए ।
सम्बन्धित समाचारः
माछापुच्छ्रेमा चरकको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट ३६७ जना लाभान्वित
चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर
चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर
६५० जना लाभान्वित
चरकको प्राविधिक सहयोगमा गाेरखामा निःशुल्क स्वास्थ्य शिविर
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ