२० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

२० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

pakrau

महोत्तरी । महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा आइतबार साँझ साढे ५ बजे गैरीटोलबाट दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतमा छलफल गराइदिने भनी उनीहरुले ३०÷४० हजार रुपैयाँ घुस मागेका थिए।

सेवाग्राहीले अख्तियारमा दिएको पूर्वउजुरीको आधारमा पछयाएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबैजनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ