पोखरा । पोखराकी एक युवती जनकपुरको एक होटलमा बिहान बेहोस अवस्थामा फेला परिन् । आज बिहान साढे ८ बजेतिर होटल सिटी प्यालेस एण्ड गेष्ट हाउसमा बेहोस भेटिएका उनको उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र खरेलले गण्डकन्यूजलाई दिएको जानकारी अनुसार ति महिला पोखरा वडा नं. १३ घर भएकी अन्दाजी २९ वर्षीया खुश्बु सुनार हुन् । उनी सँगै होटलमा बसेका भनिएका दुई युवक भने फरार छन् ।
उनी विगत २–३ महिनादेखि छोरासहित महेन्द्रनगरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको खरेलले बताए । खुश्बुका श्रीमान् पोखरामै बस्ने र जानकारी पश्चात् जनकपुर आउँदै गरेको पनि उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले यस विषयमा कास्कीमा जानकारी आइनसकेको बताए । धनुषा प्रहरीका अनुसार खुश्बुको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको घोषणा गरिएको हो ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर खरेलले बताए ।

सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह