पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरु मध्ये वित्तीय जोखिम मुल्यांकन ‘एफआरए’को नतिजामा रुपा गाँउपालिका अगाडि रहेको छ ।
रुपा गाँउपालिकाले आर्थिक वर्ष २०७९/८० को वित्तीय सुशासन जोखिम मुल्यांकन ‘एफआरए’को नतिजामा चार वटा पालिकाहरुलाई पछि पार्दै ६७ अंक सहित पहिलो स्थान हाँसिल गरेको हो ।
वित्तीय सुशासनको नतिजा अनुसार ६४.५ अंक सहित माछापुच्छ्रे गाँउपालिका दोश्रो स्थान हासिल गरेको छ । त्यस्तै, अन्नपूर्ण गाँउपालिकाले ६२ अंक सहित तेश्रो, ६०.५ अंक सहित मादी चौथो र ६० अंक सहित पोखरा महानगरपालिका पाँचौ स्थानमा पुगेको छ ।
मंगलबार जिल्ला समन्वय समिति कास्कीले विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्वजनिक गरेको हो ।
सो अवसरमा वोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरु सवैले ६० प्रतिशत भन्दा माथिको नतिजा सहित बित्तिय जोखिमको मध्ययम जोखिममा देखिएको उल्लेख गर्दै बित्तिय सुशासनमा अब्बल देखिने नतिजा अबको लक्ष्य बनाउन आग्रह गरे ।
पौडेलले सुशासन र समृद्धिको महत्त्वपूर्ण जग बित्तिय सुशासन भएको हुँदा हरेक पालिका चालू आर्थिक बर्षमा बेरुजुरहित बनाउनतर्फ राष्ट्रसेवक कर्मचारी र जन प्रतिनिधिहरूको ध्यान जानुपर्नेमा जोड दिए । सुशासन सबैको साझा दायित्व भएको भन्दै पौडेलले बार्षिक कार्ययोजना मुताबिक कार्य सम्पादन गर्न आग्रह समेत गरे ।
उक्त मुल्यांकनमा बित्तिय सुशासन जोखिम मुल्यांकन कार्यबिधी २०७७ लाई आधार बनाइ योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन ,कार्यान्वयन क्षमता तथा ब्यबस्थापन ,लेखान्कन तथा प्रतिबेदन ,अनुगमन मुल्यांकन तथा लेखा परिक्षण र राजश्व ब्यबस्थापनका बिषय क्षेत्र तोकि कुल १ सय १८ वटा सुचकमा आधारित भएर १०० पूर्णाङकमा मुल्यांकन गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
शाखा अधिकृत झबिश्वर रेग्मिले काम गराइ र बुझाइमा एकरूपता नहुनु,नतिजाको प्रभाबकारी कार्यान्वयन र समिक्षा को अभाव ,अभिलेख ब्यबस्थापन प्रभाबकारी हुन नसक्नु,जस्ता बिषय कठिनाईको रूपमा देखिएको बताए ।
कार्यक्रममा कास्कीका पालिका प्रमुख गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब यमुना प्रधान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे ,पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा , कास्कीका पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू, जिल्ला समन्वयका सदस्यहरू सहित संचारकर्मी एबम पत्रकारहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन