अर्जुनचौपारी गाउँपालिकामा संस्कार शिक्षा लागू हुने

अर्जुनचौपारी गाउँपालिकामा संस्कार शिक्षा लागू हुने

8fc3361ba1

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा लागू गर्ने भएको छ ।

डा. स्वामी केशवानन्दले गाउँपालिका प्रमुख प्रकाश तिवारीसङ्गको भेटमा सहमति गरी आउँदो शैक्षिक सत्र २०८१ देखि पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरुमा कक्षा ६-८ सम्ममा संस्कार शिक्षा लागू गर्ने तयारी रहेको बताएका छन् ।

डाक्टर स्वामी केशवानन्दले आफ्नो सामाजिक संजाल फेस्बुकमा लेखेका छन्, `उहाँ अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी हुनुहुन्छ । उमेरले भर्खरको हुनुहुन्छ । हिम्मत र जाँगरले केही गर्ने हुटहुटी छ । आस्था, भावना र संस्कार छ । मेरो भेट पहिलो हो । उहाँ संस्कार शिक्षा विषयको खोजीमा हुनुहुँदो रहेछ, म विषयीको खोजीमा । कुरो दुवैको मिल्यो । २०८१ देखि गाउँपालिका भरी कक्षा ६-८ मा संस्कार शिक्षा लागु हुँदैछ । अध्यक्षज्यूलाई हृदयतः धन्यवाद । नेपालै भरी नैतिक संस्कारयुक्त शिक्षाको खडेरी छ । कोही बाहिर भन्दछन् त कोही भित्रभित्रै गुम्सिएका छन् । गुम्सिन बन्द गरौँ । आउनुहोस् हामीसँग तपाईँको समस्याको औषधि छ । सहकार्य गरौँ । तपाईँ हिम्मत गर्नुहोस् । अगाडि बढ्नुहोस् । हामी तपाईँसँगै हुनेछौँ । समय अहिले न मेरो हो ? यो समयको कत्ती विश्वास छैन । कहिले कसको भइजान्छ ।´

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds