स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा लागू गर्ने भएको छ ।
डा. स्वामी केशवानन्दले गाउँपालिका प्रमुख प्रकाश तिवारीसङ्गको भेटमा सहमति गरी आउँदो शैक्षिक सत्र २०८१ देखि पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरुमा कक्षा ६-८ सम्ममा संस्कार शिक्षा लागू गर्ने तयारी रहेको बताएका छन् ।
डाक्टर स्वामी केशवानन्दले आफ्नो सामाजिक संजाल फेस्बुकमा लेखेका छन्, `उहाँ अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी हुनुहुन्छ । उमेरले भर्खरको हुनुहुन्छ । हिम्मत र जाँगरले केही गर्ने हुटहुटी छ । आस्था, भावना र संस्कार छ । मेरो भेट पहिलो हो । उहाँ संस्कार शिक्षा विषयको खोजीमा हुनुहुँदो रहेछ, म विषयीको खोजीमा । कुरो दुवैको मिल्यो । २०८१ देखि गाउँपालिका भरी कक्षा ६-८ मा संस्कार शिक्षा लागु हुँदैछ । अध्यक्षज्यूलाई हृदयतः धन्यवाद । नेपालै भरी नैतिक संस्कारयुक्त शिक्षाको खडेरी छ । कोही बाहिर भन्दछन् त कोही भित्रभित्रै गुम्सिएका छन् । गुम्सिन बन्द गरौँ । आउनुहोस् हामीसँग तपाईँको समस्याको औषधि छ । सहकार्य गरौँ । तपाईँ हिम्मत गर्नुहोस् । अगाडि बढ्नुहोस् । हामी तपाईँसँगै हुनेछौँ । समय अहिले न मेरो हो ? यो समयको कत्ती विश्वास छैन । कहिले कसको भइजान्छ ।´
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा