खुकुरी प्रहारबाट महिलाको हत्या, श्रीमान् पक्राउ

खुकुरी प्रहारबाट महिलाको हत्या, श्रीमान् पक्राउ

mahila hatya

सिरहा । सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको आज साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेकोले उनको घटनास्थलमै मृत्यु भएको हो । श्रीमान श्रीदेवलाई घटना लगतै प्रहरीले पक्राउ गरेको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लहानको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घरासयी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ