पोखरा । फ्रान्सेली नागरिक मौरिस हर्जाेगले आठ हजार मिटर माथिका हिमालको पहिलोपटक आरोहण गर्दा प्रयोग गरेको मार्ग अन्नपूर्ण नर्थ बेसक्याम्प । २००७ साल जेठ २१ गते (सन् १९५० को जुन ३ ) मौरिस हर्जाेगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको अन्नपूर्ण नर्थ बेसक्याम्प हुँदै सफल आरोहण गरेपछि पोखरा र नेपालले चर्चा पाए ।
अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल भनिएको हो।

तर, अन्नपूर्ण नर्थ बेसक्याम्पको पर्यटन पूर्वाधार अहिलेसम्म हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायाँमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको पर्यटन उद्योग पूर्वाधार र प्रचारप्रसारको अभावका कारण पछि परेको गुरुङ बताउँछन्।

म्याग्दी र कास्कीको सीमा क्षेत्रमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको लागि आधार शिविर भने म्याग्दीमा मात्र छ। आधार शिविर पुग्ने वैकल्पिक बाटो छैन। यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ४ नम्बर वडामा पर्ने नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा पुगिने अन्नपूर्ण प्रथम आधार शिविर गुमनाम छ। आरोहण भएको ७३ वर्ष सम्म पनि आरोही बाहेक अन्नपूर्ण आधार शिविरमा भ्रमणका लागि पर्यटक आउन सकेका छैनन्।
२०६७ मा अन्नपूर्ण प्रथमको आधार शिविर म्याग्दीमा पर्छ भन्ने तथ्य थाहा पाएपछि नारच्याङका बासिन्दाहरूले गाउँदेखि आधार शिविरसम्म पुग्ने पदमार्ग पहिचान गरेका थिए।

१३ वर्षको अवधिमा पैदलमार्ग र झोलुङ्गे पुल निर्माण गरेर पदमार्ग सञ्चालन गरिएको छ। यसअघि हिमाल आरोहीहरू मुस्ताङको ताक्लुङ हुँदै करिब पाँच दिन भिर र जंगलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे। यर्सोग पनि ताउलुङकै बाटो भएर आधार शिविर पुगेका थिए।
आरोहीका बन्दोबस्तीका सामग्री नारच्याङदेखि तीन दिनको यात्रा गरेपछि पुगिने आधार शिविरमा भरियामार्फत् पुर्याउन थालिएको छ। पदमार्ग व्यवस्थित र सुरक्षित नभएकाले आरोहीहरू भने हेलिकप्टरबाट सिधै आधार शिविर पुग्छन्।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोगसम्म पदमार्ग सञ्चालनमा छ । प्रथम आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको मार्गलाई वि.सं. ०६८ मा पहिचान गरी ‘मौरिज हर्जोग पदमार्ग’ नामकरण गरिएको थियो । यो पदमार्ग मनोरम दृश्य र प्राकृतिक छटाहरूले भरिपूर्ण छ ।
आँखै अगाडि ठोक्किन आउने हिमाल, अग्ला पहाडबाट छङछङ गर्दै झरेका झरना, मनै लोभ्याउने हिमताल र हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको रमणीय दृश्य यस पदमार्गका प्रमुख आकर्षण हुन् । जब आधार शिविर पुगिन्छ, मन फुरुंग हुन्छ, उत्साह र उमंगको दियो बल्छ । पदमार्गको थकानलाई यहाँको रमणीय दृश्यले भुलाइदिन्छ ।






सम्बन्धित खबर
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला