सुरू भयो फागु पर्व, बसन्तपुरमा ठड्याइयो चीर

सुरू भयो फागु पर्व, बसन्तपुरमा ठड्याइयो चीर

holi-chir

काठमाडौं । यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ।

काठमाडौँको वसन्तपुर हनुमानढोकामा विधिवत रुपमा आइतबार बिहान तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु भएको हो ।

नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फिट चिर उठाइएको हो।

चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समाप्त हुन्छ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ।

यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ११ गते र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व परेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ