बागलुङ निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

दुर्घटना

बागलुङ निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

२० जना घाइते

bus-xa-nisi

बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि गुडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। उनले दुर्घटनामा २०/२५ जना घाइते रहेको बताए।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए। घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन। साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ