चापाकोटमा विद्युत सर्ट हुँदा आगलागी, लाखौंको क्षति

चापाकोटमा विद्युत सर्ट हुँदा आगलागी, लाखौंको क्षति

१६ वटा खसीबाख्रा र ५० कुखुरा जलेर मरे

jalera mare

स्याङ्जाको चापाकोटमा विद्युत सर्ट हुँदा आगलागी भएर लाखौंको क्षति भएको छ ।

मंगलबार बिहान चापाकोट नगरपालिका-५ सिमका ५२ वर्षीय होम बहादुर आलेको बाख्राको खोरमा आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

डिएसपी रानाले आगलागीबाट टिनले छाएको खोरमा रहेका १६ वटा बाख्रा जलेर मरेका र ५० वटा कुखुरा जलेर मरेको हुँदा करिब दुई लाख पचास हजार बराबरको क्षति भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds