श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

death body

मोरङ । मोरङमा एक व्यक्तिले श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बमबहादुरले बुधबार बिहान १ः४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । घटना भएको केही समयमै इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालको नेत्रीत्वमा प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धारिलो घरेलु हतियार प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय बेलबारीदेखि घटनास्थल करिब एक किलोमिटर दूरीमा रहेको छ ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । गीताको शव बिहान ९ बजे पोष्टमार्टमको लागि विराटनगर लगिएको छ भने श्रीमानको शव कोशी अस्पतालमा रहेको छ ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोराले भने भागेर ज्यान बचाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ