चापाकोटमा नवजात छोरी बेवारिसे अवस्थामा फेला, जिवितै उद्दार

चापाकोटमा नवजात छोरी बेवारिसे अवस्थामा फेला, जिवितै उद्दार

baby syangja

स्याङ्जाको चापाकोटमा नवजात शिशु फेला परेकी छन् । बेवारिसे अवस्थामा फेला परेकी शिशुको जिवितै उद्दार गरिएको छ ।

चापाकोट नगरपालिका – ९ मजुवास्थित बाटर सामुदायिक जङ्गलको खोल्सामा सालनालसहित शिशु(छोरी)लाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर जिवितै उद्दार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

डिएसपी रानाले जिवितै उद्दार गरेर शिशुलाई चापाकोट अस्पतालमा प्राथमिक उपचारपश्चात् गण्डकी मेडिकल कलज पोखरामा थप उपचारका लागि पठाइएको बताए ।

बच्चा कसले जन्माएर फालेको हो पत्ता लाइनसकेको र घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी रानाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ