२५ वर्षदेखि फरार विरुवाका गुरुङ पक्राउ

२५ वर्षदेखि फरार विरुवाका गुरुङ पक्राउ

Jail

२५ वर्षदेखि फरार रहेका बिरुवा गाउँपालिकाका दुत प्रसाद गुरुङ पक्राउ परेका छन् ।

बिरुवा गाउँपालिका -७ सपौदीका ४८ वर्षीय दुत प्रसाद गुरुङलाई २०५५ सालमा स्याङ्जा अदालतले ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष ८ महिना ४ दिन कैद तोकेर फैसला दिएपछि फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा मंगलबार पक्राउ परेका गुरुङलाई आज अदालतमा पेश गरेर स्याङ्जा कारागारमा कैद भुक्तानको लागि पठाइएको डीएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds