एक वर्षदेखि फरार वालिङ्का पराजुली पक्राउ

एक वर्षदेखि फरार वालिङ्का पराजुली पक्राउ

jail-akistani_

एक वर्षदेखि फरार रहेका स्याङ्जा वालिङ्का राम प्रसाद पराजुली पक्राउ परेका छन् ।

पक्राउ पर्ने वालिङ् नगरपालिका-९ घर भई हाल ललितपुर उपमहानगरपालिका-१५ सातदोबाटो बस्दै आएका २८ वर्षीय राम प्रसाद पराजुलीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

स्याङ्जा अदालतले २०७९ फाल्गुन ३० गते वस्तु बिक्री करार मुद्दामा २ वर्ष कैद तोकेपछि फरार रहेका पराजुलीलाई स्याङ्जा ल्याई अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ