कोदालो प्रहार गरी श्रीमतीको हत्या, दुईजना गम्भीर

कोदालो प्रहार गरी श्रीमतीको हत्या, दुईजना गम्भीर

mahila hatya

बैतडी । बैतडीमा एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । दुईजनालाई गम्भीर घाइते भएका छन् ।

डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट आफ्नी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन्।

बिहीबार बिहान ९ बजेतिर किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका सुभास कलौनी र देवराज भट्टमाथि कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ कलौनी र कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय भट्ट घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाएको छ ।

घटनाको कारण खुल्न सकेको छैन । किसनलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ