पोखरा । सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले उद्घाटन गरेका हुन् ।
नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताए । उनका अनुसार रिभ्यू बक्स राखेर मात्र नहुने यसको संरक्षण र निरन्तरता गर्नुपर्ने आवश्यकता छ । रिभ्यू बक्सको स्थापनाले सिनेमाहलमा सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुने विश्वास उनको छ ।
सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले रिभ्यू बक्स स्थापनाले नेपाली सिनेमाको सम्बद्र्धन र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाले स्थापना गरेको रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । उनका अनुसार चपस कास्कीले राखेको रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चपस कास्की नेपाली सिनेमाको विकास र प्रवद्र्धनका लागि निरन्तर लागिरहेको उल्लेख गरे । फलस्वरुप सिनेमा घरमा रिभ्यू बक्स राखिएको भनाई उनको छ ।
शुक्रबारबाट रिलिज भएको सिनेमा महाजात्रा हेरिसकेपछि पोखराका पत्रकार एवम् दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् । रिभ्यू बक्ससँगै एउटा फर्म उपलब्ध गराइएको छ । जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन् । चिन्हसँगै सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न पाइनेछ । नाम, नम्बर र ठेगाना लेखि बक्समा उक्त कार्ड राख्नुपर्नेछ । एक हप्तामा बक्स खोलेर लक्की ड्र मार्फत दुई जना विजेता घोषणा गर्ने र विजेतालाई पुरस्कृत समेत गरिने चपस कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।
उनका अनुसार पुरस्कारका लागि सिनेमाहलहरु मिडटाउन सिनेमाज र सिनेप्लेक्समा विजेतालाई प्रत्येक हप्ता दुईदुई वटा फिल्म टिकट र पपकन निशुल्क प्रदान गर्नेछ । यस्तै दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ । विजेताबीच पनि प्रतिस्पर्धाका आधारमा मासिक रुपमा एक जनालाई बन्जी नेपालले प्रदान गरेको निशुल्क बन्जी उपहार प्रदान गरिनेछ । रिभ्यू बक्स स्थापनाका लागि परिचयबाट समेत सहयोग प्राप्त भएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो