एमाले कास्कीको अधिवेशन उद्घाटन गर्न शंकर पोखरेल पोखरामा, अध्यक्ष ओली आएनन्

एमाले कास्कीको अधिवेशन उद्घाटन गर्न शंकर पोखरेल पोखरामा, अध्यक्ष ओली आएनन्

Shankar_Pokhrel

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशन उद्घाटन गर्न आउन नभ्याएको पार्टीले जनाएको छ ।

शनिबारदेखि पोखरामा सुरू हुने अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने तय भएको थियो । तर, अध्यक्ष ओली पोखरा आउन नपाउने भएपछि पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन् ।

एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनका लागि ९ सय ३५ प्रतिनिधि छनोट भएको अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ