अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

dukhad ghatana

स्याङ्जाको अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षीय हर्क बहादुर थापा रहेका छन् ।

अर्जुनचौपारी गाउँपालिका -६ झाक्रीथानस्थितमा नेपाल विद्युत प्राधिकरणको मेन लाइनको चुडेर लत्रिएको तारमा परि पैदलयात्री थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ