काठमाडौँ । श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँमा अवतरण गराएको हो ।
एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।
दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिए। योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।
श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो ।
सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।
सम्बन्धित खबर
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
आज देशभरको मौसम कस्तो रहन्छ?
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
पोखराबाट गुल्मी तम्घास जाँदै गरेको बस रिडीमा दुर्घटनाः घाइते सहचालकको मृत्यु
पूर्व प्रधानसेनापति सिंहको निधन
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग