सुनकोशीमा बेपत्तामध्ये एक बालकको शव फेला

सुनकोशीमा बेपत्तामध्ये एक बालकको शव फेला

balika dubera

प्रतिकात्मक तस्वीर

उदयपुर । सुनकोशी नदीमा बेपत्ता भएका एक बालक शव फेला परेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

आज धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता भएका ८ वर्षीय चोलकचन्द्र मगर र ११ वर्षीय रेखा मगरको भने सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds