पाल्पामा १८ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

पाल्पामा १८ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका

death body

पाल्पा । पाल्पामा एक किशोरीको शव फेला परेको छ ।

रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका १८ वर्षीया पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । किशोरीको हत्या भएको हुन सक्ने र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ