मेयर हमालकी छोरी आरती आइन् सम्पर्कमा

मेयर हमालकी छोरी आरती आइन् सम्पर्कमा

arati

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिएकी छन् ।

छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् । आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले हिजो खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए।

हमालले लेखेका छन्– सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु।खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ