पाेखरा । नयाँ जिल्ला नेतृत्व चुन्न भइरहेको नेकपा एमाले कास्कीको अधिवेशनमा भएकाे मतदान सकिएकाे छ । ९ सय ३५ प्रतिनिधीमध्ये ९ सय १३ जनाले मतदान गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मतपरिणाम आजै २ घण्टाभित्रै आउने कार्यालयले बताएकाे छ । १६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाे थियाे । मतगणना पनि मेसिनबाटै गरिनेछ ।
मंगलबार साँझ ७:४० बजेदेखि सुरु भएकाे मतदान बुधबार साढे ३ बजेपछि सकिएकाे हाे ।
अध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा छन् । बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला, विवेक त्रिपाठी प्रतिष्पर्धामा छन् । बैनबहादुर र माधवको प्यानल नै छ ।

बैनबहादुर स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका र माधव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र हुन् । विवेकले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्मेदवारी फिर्ता लिएनन् ।
खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा गीता बिक र राधिका शाही योगीले उम्मेदवारी दिएका छन् । उपसचिवमै संगीता सुवेदी पनि प्यानलबाहिरबाट होमिएकी छन् ।
खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।
यो अधिवेशनले १२२ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्नेछ ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह