एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित, अधिकारीको प्यानल नै विजयी

खगराज समूहको क्लिनस्वीप

एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित, अधिकारीको प्यानल नै विजयी

दर्शन लोकप्रिय मत ल्याएर सचिवमा विजयी

bain bahadur bijayi

तस्वीरः ई. सुनिल तिमिल्सिना

पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन् ।

निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् । पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैनबहादुरले ५५१ मत ल्याउँदा बास्तोलाले ३४७ मत पाए । कुनै पनि गुटमा सामेल नभएका विवेक त्रिपाठीले १७ मत पाए । सबै पाँच जना पदाधिकारी खगराज समूहकाले नै जितेका छन् । साथै, सदस्यसम्म अधिकारी समूहको प्यानल नै बिजयी भएको छ ।

उपाध्यक्षमा अधिकारी प्यानलका भेषराज बराल बिजयी भए । बरालले प्रतिष्पर्धी शिव आचार्यलाई १३९ मतले पछाडि पार्दै बिजयी भएका हुन् । बिजयी बरालले ५२७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३८८ मत प्राप्त गरे ।

सचिवमा अधिकारी प्यानलकै दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । लोकप्रिय मत ल्याएर सचिवमा विजयी दर्शन लामा यसअघि उपसचिव थिए ।

उपसचिव (महिला)मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् ।

सुवेदीले ५१० मत प्राप्त गर्दा योगीले ३४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् । अर्को एक उपसचिवमै अधिकारी प्यानलकै लालबहादुर परियार बिजयी भए । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी परियारले ५८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले ३३४ मत प्राप्त गरे ।

खुल्ला ५ सदस्यमा मोहन सुवेदी (६१९), तोरणबहादुर बानिया (५७७),  झपट रानाभाट (५६७), ईमानराज पौडेल (५३५), बलराम पौडेल (५०८) मत ल्याएर बिजयी भएका छन् ।

महिला ३ सदस्यमा उषा बरुवाल (५२९), विष्णु सुवेदी (५०५) र कल्पना भवाँजी क्षेत्री (४९७) मत ल्याएर बिजयी भए ।

२०७८ मा भएको कास्की जिल्ला निर्वाचनमा पनि पृथ्वीसुब्बा र खगराज गुटबीच प्यानलगत प्रतिस्पर्धा हुँदा मिश्रित नतिजा आएको थियो ।

कास्कीमा २०७८ पुस २८ गते पृथ्वीसुब्बा समूहबाट अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र खगराज समूहबाट सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) विजयी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ