विद्यालय गएकी बालिका झुण्डिएको अवस्थामा मृत फेला

विद्यालय गएकी बालिका झुण्डिएको अवस्थामा मृत फेला

aatmahatya

बैतडी । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका– १ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।

उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो। परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिता बाटोमै मृत फेला परेकी हुन् ।

अस्मिताले आत्महत्या गरेकी हुन् या अन्य कारणले मृत्यु भएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ