थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

top rayamajhi

पोखरा । भुटानी शरणार्थी बेचबिखन प्रकरणका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।

नेता रायमाझीको मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।

अहिले रायमाझीको मुटुको इसिजी गरेर डाक्टरको निगरानीमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ