अर्जुनचौपारीमा राष्ट्रिय भलिबलका कप्तान श्रेष्ठलाई सम्मान

अर्जुनचौपारीमा राष्ट्रिय भलिबलका कप्तान श्रेष्ठलाई सम्मान

अग्रदिप युवा क्लबबाट खेल खेल्ने

Man Shrestha

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नेपाल राष्ट्रिय भलिबल टिमका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट(डिबि)लाई सम्मान गरेको छ । उनीहरुलाई मायाको चिनोसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

अर्जुनचौपारी-१ दरौँखोला बजारस्थित दरौँखोला युवा परिवारले फागु पुर्णिमाको अवसरमा आयोजित वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन आएका राष्ट्रिय खेलाडीहरुलाई पालिकाले सम्मान गरेको हो । उनीहरुले अर्जुनचौपारी-२ को अग्रदिप युवा क्लबबाट आफ्नो खेल खेल्नेछन् ।

अध्यक्ष प्रकाश तिवारीले राष्ट्रिय टिमका खेलाडीहरुलाई पालिकामा सम्मान गर्न पाउँदा पालिका खुसी व्यक्त गरे । उनले खेलाडीहरु देशका गहना भएको बताए । राष्ट्रिय खेलाडीहरुको खेलबाट आफ्नो पालिकामा भएका खेलाडीहरुले केही सिक्ने अवसर जुटेको अध्यक्ष तिवारीले बताए ।

कप्तान श्रेष्ठले गाउँमा रहेका खेलप्रेमी खेलाडीले आफू खेल खेल्न आउँदा केही सिक्ने/सिकाउने अवसर रहेको बताए । उनले आफूहरु पैसाको लागि भन्दा पनि आफूहरुको खेल हेरेर केही सिकुन् भन्ने उद्देश्यले खेल खेल्न आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ