काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर १ मा रहेको ज्ञानेश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगी मणिराज दाहालसहित छोरी मनिषा र छोरा मनिष एसईई परीक्षा २०८० मा सामेल भएका छन् ।
मणिराज र मनिषले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् भने छोरी मनिषाले पाँचखालमा रहेको सरस्वती शिक्षा गृहमा अध्ययन गरेकी हुन् ।
४१ वर्षको उमेरमा पहिलो पटक एसईई परीक्षामा सामेल हुने अवसर पाएको मणिराजले बताए । ‘छोरा मनिष ज्ञानेश्वरीमा भर्ना भए पछि बाबु समेत रहेका कार्यालय सहयोगी मणिराजले आफुलाई पनि अध्ययन गर्न र एसईई पास गर्ने चाहना भएको बताए पछि विद्यालय परिवारले उनलाई कार्यालय सहयोगिको जिम्मेवारी सहित अध्ययनको वातावरण मिलाएको थियो’–विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले भने–‘यस अघि विविध कारणवश उनले अध्ययन गर्न र एसएलसी तथा एसईई परीक्षामा सामेल हुन पाएका पनि रहेनछन् । अहिले चाहना गरे पछि वातावरण बनायौं । बाबु छोरा सँगै अध्ययन गरेर एकै पटक एसईईमा सहभागि भएका छन् । ’
काम र अध्ययन सँगसँगै गरेका मणिराजको पहिलो दिनको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक कँडेलले बताए । बाबु छोराको परीक्षा केन्द्र सर्वमंगला मावी पाँचखाल रहेको छ भने छोरी मनिषाको केन्द्र दुधेश्वर मावीमा रहेको छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह