[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,

दुर्घटना

[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,

पशुपतिमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गाेरखा फर्कने क्रममा दुर्घटना

Acc taxi trishuli

तस्वीर सौजन्यः दान बहादुर गुरुङ

आज बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।

प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्।

मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्।

उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।

पशुपतिमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू  सबै एकाघरका हुन् ।

आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ