इनरुवा । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो ।
कारागारभित्रै कुटेर उनको हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी गर्नुहुँदै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभास राईले माग गरे । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन् ।
कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताएका छन् । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले भने राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
सरकार कामबाटै जनतामा आशा जगाउन चाहन्छ: सञ्चारमन्त्री गुरुङ
सौर्य एयरलाइन्सले भन्यो– पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुन्छ
नयाँ मौद्रिक नीति सार्वजनिक, बैंकदर र निक्षेप संकलनदर घटाइयो [पूर्णपाठ]
सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग