स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा आयोजक दरौँखोला युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब विजेता भएको छ ।
सम्झना युवा क्लबले गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन विक सहभागी दरौँखोला युवा क्लब `ए´लाई ३-२ को सेटमा हराएर विजेता भएको हो । सम्झना युवा क्लबले दरौँखोलालाई २२-२५, २५-१९, २५-१७, २३-२५ र १५-९ अंकले पराजित गरेको हो ।
सम्झना युवा क्लबमा गण्डकी प्रदेश भलिबलका पुर्व कप्तान तथा टिपटप हेल्प नेपाल भलिबलका सदस्य सन्जु बिक्रम शाह र टिपटप हेल्प नेपाल भलिबलका सदस्य चिरन खड्का सहभागी थिए ।
यस्तै, राष्ट्रिय भलिबल नेपालका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबले २५-१६, २५-१७ र २५-२० अंकले ३-० को सोझो सेटमा आयोजक `बि´लाई हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
उक्त भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेता सम्झना युवा क्लबले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेता आयोजक दरौँखोला युवा क्लब `ए´ले ८१ हजार १११ रुपैयाँ, तृतीय अग्रदिप युवा क्लबले ४१ हजार १११ र सान्त्वना हुने आयोजक `बि´ले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पारेको हो ।
विभिन्न विधा अन्तर्गत बेस्ट प्लेयर सन्जु बिक्रम शाह, बेस्ट स्पाइकर मान बहादुर श्रेष्ठ, बेस्ट सर्भर धन बहादुर भट्ट, बेस्ट सेटर गौरभ गुरुङ, बेस्ट ब्लकर चिरन खड्का, बेस्ट डिफेन्डर अनिश सुनार, बेस्ट कुइकर हिमाल सुनारी, अनुशासित प्लेयर जीवन विक र बेस्ट कोच अमर गुरुङलाई नगदसहित पुरस्कृत गरिएको हो ।
विजेता तथा उपविजेतालाई गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।
फागु पुर्णिमाको अवसरमा आयोजित चैत्र ११ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १९ टिमको सहभागी रहेको थियो । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी भएको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा