गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिए ७ दिन समय

नयाँ सरकार गठन प्रक्रिया

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिए ७ दिन समय

२७ गते दिउँसाे ३ बजेभित्र दाबी पेस गर्नुपर्ने

Gandaki province hall

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेऽ दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका  छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका हुन् ।

बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई आह्वान गरेका हुन् ।

उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । पाण्डेले आजै पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds