नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते शुक्रबार पोखरा आउने भएका छन् ।
पार्टीको कास्की शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा ओलीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने सचिव दर्शन लामाले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा शुक्रबार बिहान १० बजेदेखि सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष सहभागी कार्यमलाई भव्य र सभ्य बनाउन पार्टी कास्की कमिटीदेखि पोखरा महानगर कमिटी लगायत जनसंगठनहरुले तयारीलाई तीब्रता दिएका छन् । जिल्ला कमिटीले जनसंगठनहरुको भेला बोलाई तयारीलाई चुस्त बनाउन निर्देशन दिएको छ । नवनिर्वाचित अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जिल्लामा रहेका सबै संगठनहरुले धेरै भन्दा धेरै कार्यकर्ता सहभागी गराउन आग्रह गरे ।
भेलामा सहभागी जनसंगठनका पदाधिकारीले कार्यक्रमलाई भव्य बनाउन आफ्ना तर्फबाट कुनै कसर बाँकी नराख्ने बचनवद्धता प्रकट गरे ।
पोखरा महानगर कमिटिको बैठक बसी कार्यक्रम सफल पार्न विभिन्न निर्णय गरेको सचिव जीवन आचार्यले जानकारी दिए ।
अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बुधबार बसेको १५ औं पूर्ण बैठकले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै उनीहरुका पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको आचार्यले जनाए ।
अध्यक्ष न्यौपानेले पोखराका ३३ वटै वडाबाट प्रत्येक वडाले कम्तिमा ५० जना र जनसंगठनले २० जना सहभागी गराउन निर्देश गरे । क्षेत्र नं. १ मा समन्वय गर्न नवनियुक्त कार्यालय सचिव नरेन्द्र ढुंगाना, क्षेत्र नं. २ मा जीवन आचार्य, क्षेत्र नं. ३ मा रामचन्द्र थापा र जनसंगठनमा समन्वय गर्न उपाध्यक्ष मोहन गुरुङलाई जिम्मेवारी तोकेको छ ।
एमाले कास्कीको गत १४ चैतमा सम्पन्न ११ औं अधिवेशनले बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको थियो ।उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तुदेवी सुवेदी निर्वाचित भएका थिए ।
गण्डकीमा नयाँ सरकार निर्माणमा संकट आइरहँदा केपी ओलीको पोखरा आगमनलाई महत्वका साथ हेरिएको छ ।
सम्बन्धित खबर
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ