गायक राजेशपायल राई पक्राउ

गायक राजेशपायल राई पक्राउ

rajesh payal rai

काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई बिहीबार बिहान २ बजे काठमाडौँको अनामनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर राईसहित ८ जनाले होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि प्रहरी पुगेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा तीन कलाकार छन् । अन्यको नाम भने खुलाइएको छैन ।

प्रहरीका अनुसार उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

उनीहरूलाई आजै आफन्तको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ