एमाले अध्यक्ष ओली जिल्ला अधिवेशन उद्घाटनका लागि स्याङ्जामा

एमाले अध्यक्ष ओली जिल्ला अधिवेशन उद्घाटनका लागि स्याङ्जामा

Kp Oli Pic

एमाले स्याङ्जाको ९ औं जिल्ला अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आएका छन् ।

जिल्लाको सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा ९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष ओलीले सहमतिबाट नै नेतृत्व चयन गर्दै एकजुट भएर अगाडि बढ्न निर्देशन गरे ।

उनले स्याङ्जा जिल्ला संघर्ष बोकेको, चेतना, राजनीति तथा हरेक क्षेत्रमा अगाडि रहेको बताउँदै अधिवेशनमा गुटबन्दी गरेर पार्टीलाई कमजोर नबनाई सहमतिबाट नेतृत्वको टुंगो लगाएर संगठनलाई बलियो बनाउँदै अगाडि बढ्न निर्देशन दिए ।

दुई दिनसम्म चल्ने अधिवेशनमा स्याङ्जा जिल्लाका ९ हजार ५४३ जना सदस्य रहेको ११ वटा पालिकाका ९७ वटा वडा कमिटीहरु, पार्टीका जनसंगठनहरु सबैको प्रतिनिधित्व हुने गरि ६०९ जना प्रतिनिधिहरु रहेको एमाले स्याङ्जाले जनाएको छ ।

अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ पदाधिकारी र १०० सदस्यसहित १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनबाट निर्वाचित उक्त कमिटीले ३ वर्षे कार्यकाल चलाउने छ ।

नेकपा एमाले स्याङ्जाले अधिवेशनमा युवा, महिला तथा उत्पीडित समुदायको प्रतिनिधित्वलाई महत्त्वका साथ लिइएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ