पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिबल सुरु

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिबल सुरु

kahun (1)

पोखरा । पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल सुरु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा शुक्रबारदेखि योग फेस्टिवल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिवलमा तीन दर्जन भन्दा बढी विदेशी नागरिकको सहभागिता छ । योग कनेक्शनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको छ ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं. ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै सफल रुपमा सम्पन्न हुने योग कनेक्शनका राघबको विश्वास छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि हितकारी योगको आवश्यकता ठानेर नै प्रकृतिसँगै योगलाई जोडेको उनको भनाई छ ।

काहूँमा तीन दिनसम्म पर्यटकलाई होमस्टेमा राखेर आवसीय सुविधासहित महोत्वसको आयोजना गरिएको स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले जानकारी गराए । उनका अनुसार योग फेस्टिवल मार्फत पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । पोखराका लागि योग फेस्टिवल पनि महत्वपूर्ण कार्यक्रम भएको उनले उल्लेख गरे । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिरहँदा यस्ता कार्यक्रमले समेत टेवा पुग्ने विश्वास उनको छ । उनले विदेशीले आयोजना गरेको यस इभेन्टको व्यवस्थापन गरेकाले यस्ता कार्यक्रमलाई सहयोग गर्नु सबैको दायित्व रहेको बताए ।

फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम रहेको प्रचार नेपालका आशिष पुरीले बताए ।

फेस्टिवलमा प्रख्यात योगा मेन्टरर्स जेन (विन्यास योगा) सहित योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) आदि सेशन हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds