गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुनरागमन गरेका छन् ।
शुक्रबार पोखरामा आफ्नो नयाँ गीत “कान्छी” सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इच्छा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी, जुनीजुनी, तिमी र म, बिर्सेको छैन, कथा लगायतका गीत सार्वजनिक गरिसकेका छन् । सन् १९९८ देखि नै संगीतमा क्रियाशिल रहेको उनले उल्लेख गरे । बीचमा हराएको जस्तो देखिएता पनि संगीत प्रतिको मोह अझै भएको भनाई उनको छ ।
पोखरा १० मिलनटोल स्थायी घर भएका सुब्बा हाल युके बस्दै आएका छन् । युकेलाई कर्मथलो बनाएता पनि संगीतलाई समेत अगाडि बढाइरहेको उनले सुनाए । सार्वजनिक कान्छी गीतबाट उनी आशावादी छन् । संगीत बजारको पछिल्लो मागअनुसार नै गीत निर्माण भएको दाबी उनको छ । कान्छीको शब्द उनले नै कोरेका हुन् । आवाज सँगै संगीत समेत दिएका सुब्बाकै अफिसियल युटुब मार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा प्रदीप श्रेष्ठ, बिनु मगरको अभिनय छ । उनीहरु दुवै जना पहिलो पटक म्युजिक भिडियो मार्फत अभिनयमा आएका हुन् । म्युजिक भिडियो करियरमा केही गर्ने आशाले आफुहरु आएको उनीहरुले सुनाए । कान्छीको म्युजिक भिडियोलाई सुभाष सुवेदीले निर्देशन गरेका हुन् । गीतको भावअनुसार नै म्युजिक भिडियो बनेको उनले बताए ।
पोखराको क्रेजी स्टुडियोमा रेकर्ड गरेको गीतको म्युजिक भिडियोको सम्पादन सिनेमा एवम् म्युजिक भिडियो निर्देशक नेत्र गुरुङले गरेका हुन् । गुरुङका अनुसार पछिल्लो समय पोखरामा सांगीतिक कार्यक्रमको लर्को बढेता पनि गीतसंगीत निर्माण भने कम भएको बताए । उनले पोखराका गायक, संगीतकार र गीतकारहरुले आफ्नो सिर्जना बजारमा पस्कन आवश्यकता रहेको उनले औंल्याएका छन् । राम्रो गीत चल्नका लागि टीकटक जस्ता प्लाटफर्म नै चाहिन्छ भन्ने नभएको उनले बताए । सिर्जनामा दम भए गीत आफै चल्ने भनाई उनको छ ।
विनोद रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् । बबी सुनार (भाइलन), विवश खाती (गीतार), विकास गुरुङ (बेस गीतार), सुदीप गायक (बासुरी), सुभाष पौडेल, सुभाष अधिकारी र सन्तोष गुरुङले लगायतले गीत निर्माणमा साथ दिएका छन् । गीतको सम्पूर्ण छायाँकन पोखरा आसपासमा भएको हो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो