बसको ठक्करबाट डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु

mrita fela

बारा । बारामा राति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीमा खटिएका प्रहरी जवान मुनटुन यादवको बसको ठक्करबाट मृत्यु भएको हो।

काठमाडौँबाट काँकरभिट्टाको लागि हिँडेको बागमती प्रदेश ०१–००ख ६१२३ नम्बरको बसले ठक्कर दिँदा अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवको घटनास्थलमै मृत्यु भएको हो।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ । मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ