लाङटाङ पदमार्गमा एक बेलायती पर्यटकको मृत्यु

लाङटाङ पदमार्गमा एक बेलायती पर्यटकको मृत्यु

death

रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक जना बेलायती पर्यटकको मृत्यु भएको छ । बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोलाको झोलुङ्गे पुल क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए । बेहोश पाउललाई उद्धार गरी काठमाण्डौको मेडिसिटी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ