पोखरा । तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
१९ औं एसियाली खेलकुदमा समेत सहभागी रहेकी सुनिरा थापाले यू–१६ गर्ल्स सिंगल्समा दिव्यता भण्डारीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी छन् । नेपाल ¥याकिङ नं २ खेलाडी थापाले नगद रु २० हजार र दिव्ताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
शनिबार सम्पन्न ६ वटा विभिन्न उमेर समुहका फाइनल खेल मध्ये यू–१० व्वाइज सिंगल्सतर्फ निश्चल ज्ञवालीले अर्याशराज पौडेललाई ७–६, ५–४ ले पराजित गरी उपाधि जिते । निश्चलले नगद रु ५ हजार हात पार्दा उपविजेता अर्याशले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसै गरी यू–९ गर्ल्स सिंगल्समा ताभिसी रानाले नैरा छोदेन गुरुङलाई ५–३, ४–२ ले पराजित गरी च्याम्पिनि बनिन् । उनले नगद रु ५ हजार हात पार्दा उपविजेता नैराले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् ।
त्यस्तै गर्ल्स ओपन डबल्सतर्फको फाइनलमा शाल्भी शेरचन र आरुषी तुलाचनको जोडीले शरिषा शेरचन र गरिष्मा गुरुङको जोडीलाई सुपरटाई ब्रेकमा १–६, ६–४ (१०–७)ले पराजित गरेका छन् । उपाधि बिजेता शाल्भी र आरुषीको जोडीले नगद रु २० हजार र उपविजेता शरिषा र गरिष्माले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
यता ब्वाइज ओपन डबल्सतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको जोडी र एड्रिन र स्पन्दन उदासको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् । दर्शिल र शास्वतले यूवेन र विश्व विशेषलाई ६–०, ६–१ ले र अड्रिन र स्पन्दन उदासको जोडीले सन्दिप विक र डोजन गुरुङको जोडीलाई ६–०, ६–३ ले सेमीफाइनलमा पराजित गरे ।
यस्तै यू–१६ ब्वाइज सिंगल्सको फाइनलमा दर्शिल र सृजन भट्टराई आमने सामनो हुनेछन् । यू–१४ ब्वाइज सिंगल्समा डोजन गुरुङ र सन्दिप विक भिड्नेछन् । डोजनले सेमीफाइनलमा प्रफुल्ल श्रेष्ठलाई टाइव्रेकमा ६–७, ६–४ र ६–३ ले पराजित गर्दा सन्दिपले स्पन्दन उदासलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाएका थिए । त्यसै गरी यू–१४ गर्ल्सतर्फ शाल्भी शेरचन र शरिसा शेरचनको जोडी फाइनलमा पुगे ।
यू–१२ ब्वाइज सिंगल्सतर्फ विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल फाइनलमा पुग्दा यू–९ ब्वाइजतर्फ इभान भट्टराई र कायान चालिसे तथा यू–८ ब्वाइज सिंगल्समा कायान र जिवाश विक्रम भट्टराईको जोडी फाइनलमा पुगे ।
प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।
यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो