गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन् ।
पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए ।

क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख गरे ।
‘समाज परिवर्तनको लागि लायन्स क्लबहरुले सामूहिक रुपमा महत्वपूर्ण भुमिका पनि निर्वाह गरिरहेकोमा खुशी प्रकट गर्दछु । लायन्सले मानवीय एवं प्राकृतिक विपत्तिमा सहयोग गरी ठूलो गुन लगाएको छ ।’ प्रमुख भट्टले भने– ‘अनवरत र व्यवस्थित रुपमा मानवीय सेवा गर्दै आउनुभएकोमा हार्दिक बधाई दिन चाहान्छु । यस्तै पवित्र कार्य निरन्तर चलिरहोस् भनी कामना गर्दछु ।’

लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट करिव २४ करोडको सहयोगमा रुवेलाको विरुद्धमा खोप, नेपालका दूरदराजमा गएर करिव २० वर्षसम्म आँखाका बिरामीहरु पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवाहरु उपलब्ध गराएको कार्य प्रशंसनीय रहेको भट्टको भनाई छ ।
लायन्सले नेपालमा २०७२ सालमा गएका महाभुकम्पमा क्षतिग्रस्त स्थानहरुमा पुगी ठूलो सहयोग गरी समाज सेवाको अनुकरणीय कार्य गरेको स्मरण पनि उनले गरे ।



सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’