सिरहामा हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

सिरहामा हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

lutera

सिरहा । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले स.९ प ६३१० नम्बरको मोटरसाइकलमा लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको प्रहरीले जनाएको छ । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर भने खुलेको छैन ।

लुटेराहरुले यादवबाट उक्त रकमसहित मोबाइल र बैंकको खाली चेकसमेत लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेरा भारततर्फ भाग्न सक्ने भन्दै सबै नाकामा चेकजाँचमा कडाई गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ