नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ ९दीपक मनाङ० को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।
त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।
अधिकारीको नियुक्ति गैरसंवैधानिक हुने नेपाली कांग्रेस संसदीय दलको ठहर छ ।
निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता पाण्डे आजै सर्वोच्च अदालत पुगेर अधिकारीको नियुक्ति विरुद्ध रिट हाल्ने तयारीमा छन् । त्यसका लागि उनी मुख्यमन्त्री निवासबाट पोखरा विमानस्थल पुगेका छन् ।
यसअघि अधिकारीले आजै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । त्यसपछि नियुक्ति रोक्न प्रदेश प्रमुखसँग पाण्डेले भेट तय गरेका थिए । तर, भेटघाट अघि नै अधिकारी मुख्यमन्त्री नियुक्त भए । काँग्रेसले असहमति पत्र दर्ता गरेको पनि नियुक्त भइसकेपछि हो ।
भेट रद्द गरी पाण्डेले आफ्नै सरकारी निवासमा कानुन व्यवसायीसँग परामर्श गरे । सोही परामर्शपछि उनी काठमाडौं उड्दै छन् ।
सम्बन्धित खबर
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
प्रतिभामा एचएमका विद्यार्थीको कला र सीप प्रदर्शन
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति