पारसको नेतृत्वमा एमाले स्याङ्जाको नयाँ कमिटी निर्विरोध, को को चयन भए ? [सूचीसहित]

नयाँ नेतृत्व

पारसको नेतृत्वमा एमाले स्याङ्जाको नयाँ कमिटी निर्विरोध, को को चयन भए ? [सूचीसहित]

Paras Gaire

एमाले स्याङ्जाको नेतृत्व चयन भएको छ । एमाले स्याङ्जाले पदाधिकारी सहित कार्यसमिति नै निर्विरोध चयन गरेको छ ।

एमाले स्याङ्जाको जिल्ला अध्यक्षमा सूर्य प्रसाद गैह्रे (पारस),उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र महिला उपसचिवमा चिनमाया गुरुङ निर्विरोध चयन भएका हुन् ।

जिल्लाको सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा ९ औं जिल्ला अधिवेशन शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए भने शनिबार बिहानदेखि चलेको बन्द सत्रले लामो प्रयासपछि आइतबार बेलुकी मात्र पदाधिकारीहरु सहित कार्यसमिति निर्विरोध चयन गर्न सफल भएको हो ।

एमाले स्याङ्जाले तीन वर्षसम्म नेतृत्व गर्ने टीम सर्वसम्मत चयन भएको जनाएको छ ।

अधिवेशनमा स्याङ्जा जिल्लाका ९ हजार ५४३ जना सदस्य रहेको ११ वटा पालिकाका ९७ वटा वडा कमिटीहरु, पार्टीका जनसंगठनहरु सबैको प्रतिनिधित्व हुने गरि ६०९ जना प्रतिनिधिहरु रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ