गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तमु (गुरुङ) समुदायको महान पर्व ट्होटेंको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाइने ट्होटें पर्व गुरुङ समुदायले आज मंगलबार धुमधामका साथ मनाउँदैछन् ।
प्रदेश प्रमुख भट्टले शुभकामना सन्देश जारी गर्दै ट्होटेंजस्ता मौलिक पर्वले भातृत्व, अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् ।
प्रदेश प्रमुख भट्टको शुमकामना सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता भएको नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने यस्तै अनेकन मौलिक चाडबाडले धार्मिक, साँस्कृतिक, सामाजिक समभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको जनाएका छन् ।
‘गुरुङ समुदायको महान पर्वका रुपमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाउने ट्होटेंले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ’ प्रदेश प्रमुख भट्टको शुभकामना सन्देशमा भनिएको छ, ‘ट्होटेंले विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वासका साथ गण्डकी प्रदेशवासी सबैमा शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित खबर
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब