दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

death body

कैलाली । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।

घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी दुई छोरी २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ